काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्व. नेता मदन भण्डारीले तयार गरेको आधारलाई उपनिर्वाचनको माध्यमबाट स्थापित गर्नुपर्ने बताएका छन् । मौन अवधि सुरु हुनुभन्दा अघि बिहीबार पाँगामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
कीर्तिपुरले नै मदन भण्डारीलाई स्थापित गरेको उल्लेख गर्दै महासचिव पोखरेलले उक्त सच्चाइलाई नबिर्सन आग्रह गरे ।
‘मदन भण्डारीजस्तो नेता जसले कम्युनिस्ट आन्दोलनको नयाँ मान्यता स्थापना गर्नुभयो । जबजको माध्यमबाट सामाजिक न्यायसहितको समाजवादको आधार तयार गर्नुभयो । समाजवादभित्र लोकतन्त्रको नयाँ मान्यता स्थापित गर्नुभयो,’ महासिव पोखरेलले भने, ‘त्यो नेतालाई स्थापित गर्ने क्षेत्र हो कीर्तिपुर भन्ने सच्चाईलाई मनन गर्नुपर्छ । त्यो कीर्तिपुरको ऐतिहासिकतालाई अहिलेको उपचुनावको माध्यमबाट स्थापित गर्नुपर्छ ।’
उनले सिंहदरवारमा मात्रै लोकतन्त्र आएर नहुने उल्लेख गर्दै जनताको घरदैलोसम्म लोकतन्त्र पुर्याउन एमाले खटिएको बताए ।