१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार 

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी) सुधारको प्रारम्भिक खाका तयार भएको बताएका छन् । 

राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको आजको बैठकमा मन्त्रालयको बजेट वक्तव्य कार्यान्वयनको अवस्थाबारे जानकारी दिँदै मन्त्री अधिकारीले सरकारी स्वामित्वको डिडिसीको व्यवस्थापकीय सुधारको काम सुरु भएको बताएका हुन् ।   

“मन्त्रालय डिडिसीलाई सुधार गर्न लागिपरेको छ”, मन्त्री अधिकारीले भने, “मन्त्रालयअन्तर्गत समिति गठन गरेर यसलाई कुन ढंगबाट सञ्चालन गर्न सकिन्छ भनेर प्रारम्भिक खाका तयार गरेका छौँ ।”

संस्थानको चालु खर्चमा ३० प्रतिशत कटौती गर्नेबारे उहाँले जानकारी दिए । यस्तै चिस्यान केन्द्रको व्यवस्थापन, बजारीकरण गर्न ५० स्थानमा कर्नर र एकीकृत सफ्टवेयर सञ्चालनमा ल्याउने मन्त्रालयको तयारी छ । मन्त्री अधिकारीले भने, “दुग्ध विकास संस्थानका सबै आयोजना प्रमुखसँग संयुक्तरुपमा छलफल गरेका छौँ ।”

मन्त्री अधिकारीले संस्थाको आन्तरिक व्यवस्थापनमा कर्मचारी जबाफदेही र जिम्मेवार बन्नुपर्नेमा जोड दिए । गत असार मसान्तसम्म किसानलाई भुक्तानी गर्नुपर्ने रकम रु. एक अर्ब ५८ करोड बाँकी रहेको, कर्मचारीलाई उपदान दिनुपर्ने रकम रु. आठ करोड ३८ लाख, कर्मचारीलाई तलब दिनुपर्ने रु. चार करोड ६३ लाख र अन्य भुक्तानी गर्नुपर्ने रु. २३ करोड २४ लाख रहेको मन्त्रालयले जनाएको छ । 

किसानको भुक्तानी रु. ५६ करोड बाँकी रहेको मन्त्री अधिकारीले समितिलाई जानकारी दिए । उनका अनुसार कर्मचारी उपदानतर्फ रु. सात करोड २४ लाख, कर्मचारीको (तलब कात्तिक महिना) रु. एक करोड सात लाख तथा अन्य भुक्तानी गर्नुपर्ने रु. १३ करोड ११ लाख छ । किसानको हातमा रु. एक अर्ब ३० करोड भुक्तानी पुगेको उनले बताए ।

डिडिसीसँग रु. ३७ करोड ९४ लाख बराबरको दूध पाउडर पाँच सय ५२ मेट्रिकटन तथा रु. ४९ करोड ६० लाखको ६ सय २० मेट्रिकटन बटर मौज्दात रहेको छ । यस्तै उठ्न बाँकी रु. ३१ करोड एक लाख रहेको मन्त्री अधिकारीले जानकारी दिए। कृषि ऐन निर्माणदेखि रासायनिक मल खरिदका लागि कानुन संशोधन र समयमै कृषि उपजको न्यूनतम मूल्य समर्थन मूल्य तोक्ने विषयमा उहाँले समितिलाई जानकारी गराए । 

प्रतिक्रिया दिनुहोस