काठमाडौँ । धरान प्रवेशद्वार विश्वकर्मा मन्दिर अघि जंगल क्षेत्रको सडकलाई सिसी क्यामेराले निगरानी गर्ने भएको छ । बुधबार पूर्वाञ्चल यातायात व्यवसायी र कोशी बस व्यवसायी संघले दुईवटा सिसी क्यामेरा जडान गरिदिएपछि उक्त सडकको निगरानी हुने भएको हो ।
करिव ५० हजार रुपैयाँ लागत रहेको दश एक्स जुमको आइपी क्यामेराले मन्दिरदेखि दक्षिण र उत्तर तर्फको निगरानी गर्ने छ भने त्यसको कन्ट्रोल जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले गर्नेछ ।
सडक दुर्घटनाको अनुसन्धान र अपराध नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले दुईवटा व्यवसायी संघहरु मिले सिसि क्यामेरा जडान गरिएको पूर्वाञ्चल यातायात व्यवसायी संघका अध्यक्ष तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेशले जनाएको छ ।