काठमाडौँ । नेपाल प्रहरीको इन्जिनियरिङ उपसमूह, सूचना प्रविधि/कम्प्युटरतर्फका एक जना प्रहरी उपरीक्षक(एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवा सिफारिस गरिएको छ ।
गृह मन्त्रालयअन्तर्गतको बढुवा समिति सचिवालयको बिहीबार बसेको बढुवा समितिको बैठकको निर्णयानुसार प्राविधिक प्रहरी समूह इन्जिनियरिङ उपसमूह, सूचना प्रविधि/कम्प्युटरतर्फका प्रहरी उपरीक्षकलाई सोही समूहतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम(४) अनुसार बढुवा सिफारिस गरिएको हो ।
बढुवा हुनेमा प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागअन्तर्गत डिजिटल फोरेन्सिक ल्याबमा कार्यरत श्याम कुमार मण्डल रहेका छन् ।
