१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनपीएल खेल्न आइपुगे ११ देशका २७ खेलाडी

अ+ अ-

काठमाडौँ । शनिबारदेखि सबैको व्यग्र प्रतीक्षामा रहेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदैछ । एनपीएलमा सहभागी सबै टोलीहरू अन्तिम तयारीका लागि काठमाडौँ आइ पनि सकेका छन् ।

टिमले अन्तिम तयारी गरिरहँदा टिममा अनुबन्ध भएका विदेशी खेलाडीहरू धमाधम नेपाल आउने क्रम जारी छ । एक टिमले चारजना विदेशी खेलाडी अनिवार्य राख्नुपर्ने प्रावधान छ भने उपलब्धता हेरेर ६ जनासम्म विदेशी राख्न पाउँछन् ।

एनपीएलका लागि पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सले ६-६ जना खेलाडी अनुबन्ध गरेका छन् भने कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले ४-४ खेलाडी अनुबन्ध गरेका छन् । अन्य चार टोलीले ५-५ जना विदेशी खेलाडी राखेका छन् ।

यसरी हालसम्म १५ देशका ४० जना विदेशी खेलाडीहरू एनपीएलका लागि अनुबन्धित छन् । तीमध्ये यो समाचार तयार पार्दासम्म ११ देशका २७ जना विदेशी खेलाडी नेपाल आइसकेका छन् ।

हालसम्म विराटनगर किंग्सबाट खेल्न चार विदेशी खेलाडी नेपाल आइपुगेका छन् । न्युजिल्याण्डका मार्टिन गप्टिल, स्कटल्याण्डका क्रिस सोल, ओमानका आकिब इलियास र क्यानडाका निकोलस किर्टन आइपुगेका हुन् ।

त्यसैगरी जनकपुरबाट खेल्न हालसम्म तीन विदेशी खेलाडी आइपुगेका छन् । पाकिस्तानका मोहमद मोहसिन, अमेरिकाका लाहिरु मिलान्था र इंग्ल्याण्डका बेन माइक नेपाल आइपुगिसकेका छन् । जिमी नीशम र हर्श थाकर आउन बाँकी छ ।

चितवनबाट खेल्नका लागि तीनजना विदेशी खेलाडी आइपुगेका छन् । नामिबियाका जान निकोल लफ्टी इटन, इंग्ल्याण्डका लुक बेनकेनस्टाइन र अफगानिस्तानका हसन एइसाखिल नेपाल आएका छन् । पाकिस्तानका सोहेल तनभिर आउन बाँकी छ ।

त्यसैगरी काठमाडौँ गुर्खाजबाट खेल्न चारजना विदेशी खेलाडी नेपाल आइसकेका छन् । इंग्ल्याण्डका स्टेफेन इस्किनाजी, डान डौथवेट, नाथन सोटर तथा नेदरल्याण्डसका माइकल लेभिट काठमाडौँमा छन् । नामिबियाका जेरार्ड एरासमस आउन बाँकी छ ।

पोखरा एभेन्जर्सका पाँचजना विदेशी खेलाडी नेपाल आइसकेका छन् । हालसम्म नेदरल्याण्डसका बास डे लिड, स्कटल्याण्डका माइकल लिस्क, वेस्ट इन्डिजका रेमोन रेइफर र इंग्ल्याण्डका म्याट क्रिट्ले र जेन मलिक काठमाडौं आइपुगिसकेका छन् । अमेरिकाका आन्द्रेस गौस आउन बाँकी छ ।

लुम्बिनी लायन्सका एकजना मात्र विदेशी खेलाडी आइपुगेका छन् । इंग्ल्याण्डका टम मूर्स काठमाडौं आएर टिमसँग जोडिइसकेका छन् । अस्ट्रेलियाका बेन कटिङ, क्यानडाका साद बिन जफर, अमेरिकाका उन्मुक्त चन्द र वेस्ट इन्डिजका रामोन सिमोन्ड्स आउन बाँकी छ ।

कर्णाली याक्सका तीनजना विदेशी खेलाडी नेपाल आइपुगिसकेका छन् । हङकङका बाबर हायात, वेस्टइन्डिजका चाडविक वाल्टन र ओमानका जीशान मकसुद आइपुगेका हुन् । भारतका शिखर धवन आज साँझ आउँदै छन् ।

त्यस्तै सुदूरपश्चिमका तीनजना विदेशी खेलाडीहरू आइपुगेका छन् । न्युजिल्याण्डका स्कट कुग्लेइन, इंग्ल्याण्डका सेफ अली जैब र स्कटल्याण्डका ब्रान्डन म्याकमुलेन नेपाल आइसकेका छन् । यूएईका रोहन मुस्तफा आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस