काठमाडौँ । रामेछापमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।
रामेछापका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले प्रशासनलाई बताए अनुसार काठमाडौँबाट छुटेको ना १ ज ७१२३ गाडी गोकुलगंगा गाउँपालिका ६ को बेतालीमा दुर्घटनामा परेको हो ।
घाइते १ जनालाई अस्पताल पुर्याएको र २ जनालाई उद्धार गरेर अस्पताल ल्याउने काम भइरहेको प्रजिअ पौडेलले बताए । थप विवरण आउन बाँकी छ ।