२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्री पौडेलको दाबी : लुम्बिनी वाणिज्य क्याम्पस छिट्टै मानिक विश्वविद्यालयमा हुनेछ 

अ+ अ-

काठमाडौँ। बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा चौथो अन्तर्राष्ट्रिय कन्फ्रेन्स शुक्रबारदेखि सुरु भएको छ । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले इन्टरनेशनल कन्फ्रेन्स अन ग्लोबल इनोभेसन इन म्यानेजमेन्ट एण्ड सोसल साइन्स (प्रज्ञानम् ब्रह्म-०४) को उद्घाटन गरे ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले शैक्षिक क्षेत्रमा देशकै नमुना क्याम्पसको रूपमा परिचित लुम्बिनी वाणिज्य क्याम्पस मानिक विश्वविद्यालयको रूपमा प्रमाणित गरेको बताए । अर्थमन्त्री पौडेलले आगामी दिनमा मानिक विश्वविद्यालयका रूपमा स्थापित हुने चाहना छिटै पूरा हुने बताउँदै नेपाल सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले विश्व विद्यालयको शिक्षा अनुसन्धानमूलक हुन जरुरी रहेको बताए । पौडेलले उच्च शिक्षा र सीपका लागि लगानी बढाउनुपर्ने बताउँदै ज्ञान देशको आर्थिक विकाससंग प्रत्यक्ष जोडिएको र आर्थिक एवम् मानवीय विकासमा ज्ञानको अहम् भूमिका भएको बताए ।

उनले परिवर्तित विश्व परिवेशमा अनुसन्धान र नवप्रवर्तन बढ्दै गएकोले ज्ञान र प्रविधिलाई उत्पादन र उत्पादकत्वसँग बढाउ नसके ‘सुखी नेपाली र समृद्ध नेपाल’ बन्ने बताए । क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्यायले विभिन्न देशका विज्ञहरूलाई ल्याएर अनुसन्धानका लागि चौथो पटक यस्तो कार्यक्रम गरेको बताए ।

अनुसन्धान विभाग प्रमुख पीताम्बर सापकोटाले सबै क्षेत्रका विज्ञहरूको कार्यक्रममा सहभागिता रहेको बताए । शुक्रबार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डा. डिल्लीराज शर्मासहित भारत, चीन, मलेसिया, थाइल्यान्डका विभिन्न विश्वविद्यालयका प्रोफेसर तथा डाक्टरहरूले अवधारणा राखेको अध्यापक माधवकुमार पौडेलले जानकारी दिए ।

त्यसबाहेक सरकारी तथा गैरसरकारी संस्थाका अनुसन्धानकर्ताहरूसमेत गरी १ सय २० जनाभन्दा बढी अनुसन्धानकर्ताहरुले अनुसन्धान पत्र प्रस्तुत गर्नेछन् ।

प्राध्यापकहरूले उच्च शैक्षिक गुणस्तर वृद्धि गर्न ज्ञान र सीपलाई वृत्ति विकाससँग जोड्ने तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च शैक्षिक समन्वय बढाउन यस्ता अन्तर्राष्ट्रियस्तरका कन्फ्रेन्सहरु महत्त्वपूर्ण कन्फ्रेन्समा नेपालसहित भारत, पाकिस्तान, चीन थाइल्याण्ड, मलेसियालगायतका विभिन्न विश्व विद्यालयका पदाधिकारी, वरिष्ठ प्राध्यापक, विद्यार्थी, अनुसन्धानकर्ताहरू तथा सरकारी तथा गैरसरकारी अभ्यासकर्ताहरूले अनुसन्धानको निष्कर्ष प्रस्तुत गर्ने गरेका छन् ।

लुम्बिनी वाणिज्य क्याम्पसले सञ्चालन गर्दै आएको यो चौथो कन्फ्रेन्स हो । यस अगाडि तीन पटक सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस