५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुगुको लिब्रूमा गाडी पुग्यो

अ+ अ-

मुगु । मुगुको उत्तरी सोरु गाउँपालिकाको एक विकट गाउँमा पहिलो पटक गाडी पुग्दा त्यहाँका स्थानीय खुसी भएका छन् ।

सोरु-४ लिब्रू गाउँमा पहिलो पटक गाडी पुगेपछि त्यहाँका स्थानीय खुसी भएका हुन् । मुगु-हुम्ला लिंक सडकअन्तर्गत सोरुको केन्द्र सोर कोट मसिनमेला हुँदै लिब्रू सडकको १३ किलोमिटर सडकको ट्रयाक खुलेसँगै पहिलो पटक लिब्रू गाउँमा गाडी पुगेको हो । गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौँदेखि गाउँबाट गाडी चढ्ने सपना पूरा भएको स्थानीयले बताएका छन् ।

यो सडक निमार्णमा सोरु गाउँपालिका, कर्णाली प्रदेश सरकार र स्थानीय पूर्वाधार विकास कार्यक्रमको करिब रु. दुई करोड लगानीमा सडक निर्माण भएको जनाइएको छ । सोर कोट-मसिनमेला हुँदै लिब्रू सडकको गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र पूर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

गाउँपालिकामा रहेका ११ वडाका ५६ बस्तीमध्ये अधिकांश वडा–बस्तीमा सडक सञ्जाल जोडिएको छ । हरेक वडा-बस्तीमा सडक जोड्ने लक्ष्य तथा उद्देश्य बमोजिम करिब ५० बस्तीमा सडक पुगेको र बाँकी रहेका बस्तीमा आगामी वर्षसम्म जसरी भए पनि सडक पुर्‍याउने पनि अध्यक्ष शाहीले बताए । उनका अनुसार यो सडकलाई हुम्ला कर्णालीमा बेलिब्रिजको व्यवस्थापन गरी कर्णाली करिडोरसँग जोडिने छ ।

सोर कोट-मसिना मेला हुँदै लिब्रु जोड्ने सडकले मुगुका नागरिकलाई मात्र सहज नभई हुम्लाका नागरिकलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो सडकले हुम्लाका सर्केगाडा, अदानचुली र चंखेली गाउँपालिकाका नागरिकलाई पनि यातायातका क्षेत्रमा सहज हुने भएको छ ।

हुम्ला जिल्लाका सर्केगाड, चन्खेली र अदान्चुली गाउँपालिकाका स्थानीयलाई  राजश्व, पेन्सन लगायतका बैंकिङ सेवा लिन हुम्ला सदरमुकाम सिमिकोटमा रहेको वाणिज्य बैंकमा जानुभन्दा सोर कोट आउन सहज हुने भएकाले मुगुका नागरिकलाई मात्र नभई सोर कोट-मसिना मेला हुँदै लिब्रू जोड्ने सडकले हुम्लाका नागरिकलाई सहज हुने सोरुका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले बताए।

यति मात्र नभएर हुम्लाका तीन पालिकाका नागरिकलाई स्वास्थ्य सेवालगायत अन्य व्यापारका आवश्यक हिसाबले सडकको प्रयोग गरेर हुम्लाका नागरिक मुगु सदरमुकाम गमगढीसम्म सेवा प्रवाहमा जोडिने अधिकृत शाहीले बताउनुभयो ।

सोरुको लिब्रू गाउँमा सबैभन्दा बढी सिमी, मास, केरालगायत फलफूल र दलहनबाली उत्पादन हुने गर्छ । यसअघि गाउँसम्म सडक नहुँदा र बजार टाढा हुँदा फलफूल र अन्नबाली गाउँ मै कुहाउने अवस्था थियो । अब यी कृषि वस्तुले बजार पाउने स्थानीयले अपेक्षा गरेका छन् भने गाउँलेहरू सिधैँ आर्थिक क्रियाकलापमा जोडिने छन् । स्थानीय रामबहादुर शाही भन्छन्, “यातायातको सुविधा नहुँदा सिमी, मास, केरा, सुन्तला, मार्सी चामल सदरमुकाम गमगढी र सोर कोट बजारमा बोकेर बिक्रीका लागि ल्याउने समस्या थियो, अब गाउँमै गाडी पुगेपछि बिक्रीका लागि सहज हुनेछ ।”

प्रतिक्रिया दिनुहोस