७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर सरकार अघि बढ्छ: मन्त्री अधिकारी

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नेपालको राष्ट्रिय हितलाई उच्च प्राथमिकतामा राखेर वर्तमान सरकार अघि बढ्न स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको सन्दर्भमा नेपाल-चीन हिमालयन मैत्री समाज र ट्रान्स हिमालयन अनुसन्धान तथा अध्ययन प्रतिष्ठानद्वारा आज आयोजित ‘नेपाल-चीन सम्बन्ध: बिआरआई कार्यान्वयन’ विषयक अन्तरक्रियामा उनले राष्ट्र र जनताको हितविपरित कुनै सम्झौता नहुने बताए ।

मुलुकको आर्थिक समृद्धिका लागि आवश्यक परेको अवस्थामा सरकारले ऋण र अनुदान दुवै लिन सक्ने जनाउँदै मन्त्री अधिकारीले अहिले बाहिर सार्वजनिक भए जस्तो ‘चीनसँग ऋण नलिने’ भन्ने विषय हुँदै नभएको स्पष्ट पारे । “सकेसम्म ऋण नलिने भन्ने हो, लिनै परे उत्पादन मूलक क्षेत्रमा लगानी गर्ने हो”, उनले भने ।

नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री मीनेन्द्र रिजालले नेपालले आवश्यकता ठानेका उच्च प्राथमिकतायुक्त परियोजनाका लागि वैदेशिक सहयोग लिनुपर्नेमा जोड दिँदै छिमेकी चीनसँगको सम्बन्धलाई प्रगाढ बनाएर नेपालको विकासका लागि पहल गर्नुपर्ने बताए ।

नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डेले राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीनसँग बिआरआई सम्झौता अघि बढाउन उपयुक्त हुने सुझाव दिए । “मुलुकलाई अहित हुने प्रावधान छन् भने अनुदान वा ऋण दुवै लिन हुँदैन”, उनले भने, “बिआरआई राष्ट्र हितमा छ भने लिऔँ, छैन भने छाडौँ ।”

एमाले नेता एवं पूर्वमन्त्री आनन्द पोखरेलले राष्ट्रिय सहमति कायम गरेर बिआरआई सम्झौता गर्नु उचित हुने धारणा राख्दै दबाबमा नभई आवश्यकताका आधारमा परियोजना छनोट गर्नुपर्ने बताए । “बिआरआई आर्थिक विकास र क्षेत्रीय ‘कनेक्टिभिटी’ को वृहत् अवधारणा हो”, उनले भने, “बिआरआई सम्झौता गर्नुपर्छ, यो सम्झौता नगरेमा ऐतिहासिक अवसर गुम्नेछ ।”

नेकपा (माओवादी केन्द्र)का नेता हिमाल शर्माले बिआरआई अन्तर्गतका परियोजना छनोट र कार्यान्वयनमा राष्ट्रिय एकता कायम गरेर जानुपर्नेमा जोड दिँदै कार्यान्वयन सम्झौता नगरी अनुदान कि ऋण भनेर बहस गर्नुको अर्थ नभएको बताए ।

चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्यालले वैदेशिक सम्बन्धका आधारभूत विषयमा राजनीतिक दल र बौद्धिक जगतमा मैतक्य हुनुपर्नेमा जोड दिए । “बिआरआई सम्झौतामा नेपालको सार्वभौम अधिकारमाथि किञ्चित अप्ठ्यारो पार्ने गरी शब्द, वाक्य र प्रावधान छैनन्”, उनले भने, “चीनसँग नेपालको सुख, दुःख र विश्वासको सम्बन्ध हो, कुनै हालतमा विश्वासको संकट टुटाउन हुँदैन ।”

राष्ट्रिय प्रजातन्त्र पार्टीका सह कोषाध्यक्ष सोवित उप्रेतीले दुई देशबीचको सम्बन्धलाई नै असर पुग्ने गरी बिआरआईका बारेमा टिप्पणी गर्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस