७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्लोबल आइएमई बैंक सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक

अ+ अ-

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सलाई मुख्य प्रायोजन गर्ने सम्झौता गरेको छ। काठमाडौंमा आयोजित विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच सम्झौता सम्पन्न भयो। बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सुदूरपश्चिम रोयल्सका तर्फबाट अध्यक्ष स्वतन्त्र प्रताप शाहले सम्झौतामा हस्ताक्षर गरे।

सम्झौतापछि ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे। उनले बैंकले नेपाली क्रिकेटको समग्र विकासका लागि यो कदम चालेको उल्लेख गर्दै खेलकुदलाई अझ उच्चस्तरमा पुर्‍याउन आफ्नो दायित्व निर्वाह गर्न आफूहरू उत्साहित रहेको बताए।

सुदूरपश्चिम रोयल्सका अध्यक्ष स्वतन्त्र प्रताप शाहले एनपिएल यात्रामा सहकार्यका लागि बैंकलाई धन्यवाद व्यक्त गर्दै ग्लोबल आइएमई बैंकको साथले आफ्नो टोलीलाई उपाधि जित्ने लक्ष्यमा थप बल पुगेको बताए। उनले उपाधि जितेर थप खुशी प्रदान गर्ने विश्वास व्यक्त गरे।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपिएल) मंसिर १५ देखि पुस ६ सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा आठ टोली सहभागी हुनेछन्। सुदूरपश्चिम रोयल्सको टोलीमा अनुभवी र युवा खेलाडीहरूको मिश्रण छ। टोलीका मार्की खेलाडी कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन्। मेन्टरका रूपमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकका रूपमा राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा रहेका छन्। सुदूरपश्चिम रोयल्सले मंसिर १८ गते पहिलो खेल विराटनगर किंग्ससँग खेल्नेछ।

सुदूरपश्चिम रोयल्सको टोलीमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनाश बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, वसन्त खत्री, ब्रान्डन मक्मलेन (स्कटल्याण्ड), सेफ अली जेब (इङ्ग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड) र रोहन मुस्तफा (युएई) रहेका छन्।

प्रतिक्रिया दिनुहोस