६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक हजार बालबालिकाको स्वास्थ्य परीक्षण

अ+ अ-

चितवन । चितवनमा सीमान्तकृत चेपाङ, मुसहर तथा विपन्न समुदायका एक हजार ३० बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ ।

सपना भिलेज सोसल इम्प्याक्टले इच्छाकामना गाउँपालिका, कालिका र रत्ननगर नगरपालिकाका एक हजार ३० बालबालिकाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेको हो । भरतपुर अस्पतालसँगको सहकार्यमा इम्प्याक्टले ६ दिने निःशुल्क बाल स्वास्थ्य शिविर आयोजना गरेको थियो ।

शिविरको पहिलो दिन कालिका-१० निबुवाटारमा दुई सय २५, दोस्रो दिन वडा नं ११ रन्तेशमा एक सय ७५, तेस्रो र चौथो दिन इच्छाकामना-१ भाराङमा तीन सय ६९, पाँचौँ दिन हात्तीवाङमा एक सय ९१ र छैटौँ दिन सौराहास्थित सपना स्कुलमा ७० बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए ।

नेदरल्याण्डस्को ‘मेडिकल चेक्स फर चिल्ड्रेन’ संस्थाका १० विदेशी चिकित्सको टोलीले बालबालिकाको स्वास्थ्य परीक्षण गरेको हो । इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले सीमान्तकृत समुदायका बालबालिकाको स्वास्थ्य जोगाउन वार्षिक रूपमा बाल स्वास्थ्य शिविर गर्दै आएको बताए । छ दिनसम्म सञ्चालन भएको शिविरमा शिशुदेखि १२ वर्षसम्मका बालबालिकाको उपचार गरिएको थियो ।

चेपाङ र मुसहर बालबालिकामा खाना अभावका कारण कुपोषण हुने, उमेरअनुसार तौल नहुने समस्या रहेको अध्यक्ष गिरीले बताए । इम्प्याक्टले चेपाङ समुदायका बालबालिकालाई लक्षित गरी सर्वोत्तम पीठो पनि वितरण गरेको छ ।  सुरुमा निःशुल्क र त्यसपछि १० प्रतिशत मात्र शुल्क लिएर सर्वोत्तम पीठो वितरणलाई निरन्तरता दिएको उनले जानकारी दिए ।

सर्वोत्तम पीठो वितरण गर्न थालेपछि चेपाङ बालबालिकामा कुपोषणको समस्या ९० प्रतिशत समाधान भएको अध्यक्ष गिरीको भनाइ छ । इम्प्याक्टले सम्बन्धित पालिकाबाट अनुमति लिएर बाल स्वास्थ्य शिविर सञ्चालन गरेको हो । सपनाले विगत १८ वर्षदेखि चेपाङ बस्तीमा बाल स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस