११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूमिगत जलस्रोत कार्यालय प्रमुखविहीन हुँदा किसान मारमा

अ+ अ-

सर्लाही । बागमती नगरपालिका-११ कर्मैयास्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुखविहीन भएपछि यहाँका उपभोक्ता मारमा परेका छन् ।

सर्लाही र रौतहट कार्यक्षेत्र रहेको उक्त कार्यालयका प्रमुख जयप्रकाश साह अनिवार्य अवकाशमा गएपछि कार्यालयले नयाँ कार्यालय प्रमुख नपाउँदा उपभोक्ता मारमा परेका हुन् । उक्त कार्यालयले दुई जिल्लाका उत्तरी चुरे क्षेत्र तथा सिँचाइ सुविधा नपुगेका स्थानका किसानका लागि सिँचाइ विकासको योजना सञ्चालन गर्दै आएको थियो । तर, कार्यालय प्रमुख नहुँदा आफूहरू मारमा परेको हरिवन नगरपालिका-७ स्थित मनोकामना जल उपभोक्ता समितिका अध्यक्ष अशोक साहले गुनासो गरे । 

“अघिल्लो आर्थिक वर्षमा नै सिँचाइ गर्न डिपबोरिङको काम गरेका थियौँ”, उनले भने, “योजना सम्पन्न भइसक्यो, किसानले पैसा उठाएर राखेको धरौटी छ महिना बितिसक्दा पनि फिर्ता भएको छैन । गाउँका उपभोक्ता मारमा छन् ।”

रौतहटको यमुनामाई नगरपालिकास्थित सरुअठा जल उपभोक्ता समूहका अध्यक्ष आशुतोष यादवको पनि समस्या उस्तै छ । “गत आर्थिक वर्षमा काम गर्न समूहले जम्मा गरेको पैसा अझै फिर्ता भएको छैन”, उनले भने, “चालू आवमा पनि सिँचाइको काम गर्न पाए खेतीबाली गर्न पाइने आश छ । तर, कार्यालय प्रमुख नहुँदा यहाँ न पुरानो योजनाका काम हुन्छन्, न नयाँ नै ।”

उक्त कार्यालयले किसानलाई भूमिगत पानीलाई डिपबोरिङ, पावर ड्रिल र स्यालो ट्युबवेलबाट पानी निकालेर सिँचाइ सुविधा प्रदान गर्दै आएको छ । हालसम्म भूमिगत सिँचाइ योजनाबाट सर्लाही र रौतहटमा गरी तीन हजार पाँच सय बिघा खेतमा सिँचाइ सुविधा पुगिसकेको कार्यालयले जनाएको छ ।

कार्यालयले प्रत्येक वर्ष नयाँ जडान, वितरण प्रणाली विस्तार तथा मर्मतसम्भारका लागि योजना ल्याउने गरेको छ । यस वर्ष पनि एक सय ४६ वटा योजना तोकिएर आएको कार्यालयका निमित्त प्रमुख तिर्हराज खरेलले बताए । गत वर्ष रु. २६ करोड ८० लाख बराबरको एक सय ६३ वटा डिपबोरिङ, पावर ड्रिल र स्यालो ट्युबवेल जडान, वितरण प्रणाली विकास तथा मर्मतसम्भारको योजना सम्पन्न गरेको थियो ।

कार्यालय प्रमुख सेवा निवृत्त भएको जानकारी सम्बन्धित निकायलाई भएकाले यथाशक्य चाँडो नयाँ कार्यालय प्रमुख आउनेमा आफू विश्वस्त रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस