काठमाडौँ । गृहमन्त्री रमेश लेखकले उपनिर्वाचनमा सहभागी सबैलाई धन्यवाद दिएका छन् ।
स्थानीय तहका विभिन्न ४१ पदका लागि आइतबार मतदान भएको छ । निर्वाचन आयोगका अनुसार करिब ६२ प्रतिशत मतदान भएको छ ।
मतदान सम्पन्न भएपछि गृहमन्त्री लेखकले उपनिर्वाचनमा सहभागी सबैलाई धन्यवाद दिएका हुन् ।
‘म मतदानमा सहभागी सबै मतदाता, निर्वाचन आयोग, राजनीतिक दल, निर्वाचनमा संलग्न सुरक्षाकर्मी, निजामती कर्मचारी, सञ्चार माध्यम र सबै दिदी, बहिनी दाजुभाइमा हार्दिक धन्यवाद व्यक्त गर्दछु’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
उपनिर्वाचन अन्तर्गत विभिन्न जिल्लामा ४१ पदका लागि भएको निर्वाचनको मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको उल्लेख गर्दै उनले अगाडि भनेका छन्, ‘निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो ।’