काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयर र दुई वडाध्यक्षका लागि भएको स्थानीय तह उपनिर्वाचनको मतगणना आजै सुरु गरिने भएको छ ।
मतदानस्थलबाट उपनिर्वाचनको मतपेटिका ल्याइसकिएको र सर्वदलीय बैठक बसिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार गणना शुरु हुँदा रातको १० बज्न सक्छ । कृतिपुरमा ३१ हजार ११९ मतदातामध्ये २१ हजार ३१५ मत खसेको छ ।