काठमाडौँ । महाबु गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का जंगबहादुर शाही विजयी भएका छन् । उनले तीन हजार एक सय २७ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका झलकबहादुर भण्डारीले दुई हजार छ सय ७५ मत प्राप्त गरेका थिए । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए ।