काठमाडौँ। जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने विजयी भएकी छन् । उनी ४२७२ मतका साथ विजयी भएकी हुन्।
उनले काँग्रेसकी उम्मेदवार इन्द्र चन्द सिंहलाई पराजित गर्दै विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ। यस्तै, एमालेकी सुनिता बोहराले २५४२ मत ल्याइन् ।