काठमाडौँ । कीर्तिपुर नगरपालिका वडा नं. ४ को वडा अध्यक्ष पदको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ विजयी भएका छन्।
बानियाँले ११५५ मत प्राप्त गर्दै प्रतिस्पर्धी उम्मेदवारलाई पराजित गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार पविता खड्का(अधिकारी)ले ८०६ मत प्राप्त गरेकी छिन् ।