काठमाडौँ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा एमालेका प्रदेश सभा सदस्य रेवतीरमण भण्डारी नियुक्त भएका छन् ।
मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुखले भण्डारीलाई मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री भण्डारीको शपथ सोमबार साँझ साढे ५ बजे तय गरिएको छ ।