७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन प्रभाव : रोकियो खरिदार-नासुको सरुवा

अ+ अ-

काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्र अङ्कित प्रथम र द्वितीय श्रेणी (खरिदार र नासु) का कर्मचारीहरूको सरुवा तत्कालका लागि रोक्ने निर्णय गरेको छ। सोमबार सचिव स्तरीय निर्णयबाट माघ-फागुन मसान्तसम्मका लागि सरुवा स्थगित गर्ने निर्णय गरिएको हो।

मन्त्रालयले २०८१ मंसिर १८ देखि लागू हुने गरी राजपत्र अङ्कित प्रथम श्रेणी (नायब सुब्बा वा सो सरह) का कर्मचारीहरूको हकमा २०८१ माघ मसान्तसम्म र द्वितीय श्रेणी (खरिदार वा सो सरह) का कर्मचारीहरूको हकमा २०८१ फाल्गुण मसान्तसम्म सरुवा रोक्ने निर्णय गरेको छ । 

लामो समयदेखि सुगम स्थानमा रही कामकाज गरिरहेका कर्मचारीहरू बढुवा प्रयोजनका लागि मात्र दुर्गम स्थानका निकायहरूमा सरुवा हुने प्रवृत्तिले दुर्गममा सेवा गर्दै आएका कर्मचारीहरूको बढुवामा मर्का परेको विषय प्रशासन डटकमले आइतबार ‘दुर्गमका कर्मचारीमाथि थप अन्याय हुन नदिन टुरिष्ट बढुवा बन्द गर’ शीर्षकमा लेखिएको टिप्पणीमार्फत उजागर गरेको थियो।

सम्बन्धित समाचार : दुर्गमका कर्मचारीमाथि थप अन्याय हुन नदिन ‘टुरिष्ट बढुवा’ बन्द गर

प्रशासन डटकमले दुर्गम स्थानमा अस्थायी रूपमा सरुवा गरेर बढुवा प्रक्रिया आफ्नो पक्षमा पार्ने टुरिष्ट कर्मचारीहरूको समूहको चलखेलले दुर्गमका इमानदार कर्मचारीहरूको बढुवा प्रक्रियामा गम्भीर असर पर्ने गरेको विषयलाई ध्यानाकर्षण गराएको थियो।

ढिलै भए पनि मन्त्रालयले यसअघि गरिएका यस्तै निर्णयहरूलाई निरन्तरता दिएको कदम सराहनीय छ। कर्मचारीको अभिभावकको भूमिकामा रहेको मन्त्रालयले व्यक्ति र समूह विशेष भन्दा पनि समग्र संगठनलाई नै लाभ हुने निर्णय गर्दा मात्रै आम कर्मचारीले अभिभावकको महसुस गर्न सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस