७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकीयस्थल दोलालघाटमा मोटरबोट परीक्षण

अ+ अ-

काभ्रेपलाञ्चोक । जिल्लाको पर्यटकीयस्थल भुम्लु गाउँपालिका दोलालघाट क्षेत्रमा पर्ने सुनकोशी र इन्द्रावती दुई नदीमा स्टिमर (टरबोट) सञ्चालनको तयारी थालिएको छ । यसका लागि सम्झौताअनुसार परीक्षण भइरहेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिका क्षेत्र भएर बग्ने सुनकोशी र इन्द्रावतीमा मोटरबोट सञ्चालननार्थ गाउँपालिकाले एक वर्षअघि महाँकाल वाटर सर्भिसबीच सम्झौतासमेत गरेको थियो । मोटरबोट सञ्चालनका लागि हाल परीक्षण भइरहेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले बताए । उनका अनुसार हाल एक मोटरबोटले नदीमा पानीको बहावअनुसारको रुट तथा बाधाअड्चन आउनसक्ने स्थान र सम्भावित जोखिमको पहिचान भइरहेको छ । 

परीक्षणका क्रममा दोलालघाटस्थित दुई नदीको सङ्गमस्थलबाट उत्तरतर्फ इन्द्रावती तथा पूर्वी क्षेत्रमा सुनकोशीमा मोटरबोटले सफल रूपमा सञ्चालन भएको जनाइएको हो । पहिलो पटक गत हप्ता गरिएका परीक्षणबाट अवरोध नदेखिएको भुजेलले बताए । “परीक्षणले राम्रो सम्भावना देखिएको प्राविधिकले बताएका छन्, आवश्यक थप परीक्षणबाट कसरी सञ्चालन गर्ने भन्नेबारे दुई पक्षबीच छलफल गर्नेछौँ”, उनले भने । उनका अनुसार सरकारको केन्द्रीय कार्यक्रमअनुसार दोलालघाटबाट सुनसरीको चतरासम्म सञ्चालन गर्ने योजना बनाइएको छ ।

सफल परीक्षणपछि पहिलो चरणमा दोलालघाटबाट खहरेघाटसम्म एक किलोमिटरमा मोटरबोट सञ्चालन गरिनेछ । पहिलो चरणमा मनोरञ्जनात्मक रूपमा एक किलोमिटरको दूरीमा आवश्यकताअनुसार थप मोटरबोट व्यवस्थापन गरी सञ्चालन गरिने जनाइएको हो । मोटरबोट सञ्चालनले आन्तरिक एवं बाह्य पर्यटकमार्फत भुम्लुको पर्यटन प्रवर्द्धन तथा अन्य विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

दोलालघाटबाट चतरासम्म सञ्चालन हुने भएपछि गाउँपालिकाले एक मोटरबोट खरिद गर्नेसम्मको योजना बनाएको भुजेलले जानकारी दिए । पर्यटन प्रवर्द्धनको उद्देश्यसाथ दोलालघाटबाट सिन्धुलीको नेपालथोकसम्म सुनकोशीमा करिब पाँच किलोमिटरको दूरीमा र्याफ्टिङ सञ्चालन गर्दै आइएको छ ।

प्रतिक्रिया दिनुहोस