८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणी अस्पतालमा ‘ल्याब इन्फर्मेसन सेन्टर’ सञ्चालनको तयारी

अ+ अ-

वीरगञ्ज (पर्सा) । वीरगञ्जको नारायणी अस्पताललाई थप व्यवस्थित गराउन गुरुयोजनाको काम अघि बढाइएको छ । जीर्ण भवन र जनशक्ति अभावको समस्या खेप्दै आएको अस्पताललाई व्यवस्थित रूपमा सञ्चालनका लागि गुरुयोजना बनाउन लागिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.चुमनलाल दासले अस्पताललाई पाँच सय शय्यामा स्तरोन्नति गरेर व्यवस्थित गर्न गुरुयोजनाको काम अघि बढाइएको जानकारी दिए ।

“एकातर्फ अस्पतालका भवनका संरचना जीर्ण अवस्थामा छन् । अर्कातर्फ भएका भवन छरिएर रहेकाले पनि स्वास्थ्य सेवा प्रवाह गर्न समस्या भइरहेको छ”, उनले भने, “अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक पर्ने गुरुयोजना निर्माणको काम अघि बढाइरहेका छौँ ।”

“अस्पतालको पूर्वाधार व्यवस्थित गर्न गुरुयोजना निर्माणको काम भइरहेको छ”, मेसु दासले भने, “पाँच वर्षअघि अस्पताल भवन निर्माण गर्ने मुद्दा टुङ्गो नलाग्दा पनि भवन निर्माण हुनसकिरहेको छैन ।” मेसु दासले नारायणी अस्पताललाई पाँच सय शय्यामा  विस्तार गर्न ढिला गर्न नहुने धारणा व्यक्त गरे । 

“अस्पतालको गुरुयोजनामा सबैभन्दा पहिला अस्पतालका लागि आवश्यक पर्ने संरचना निर्माणमा जोड दिनेछौँ”, उनले भने, “अस्पतालमा कार्यरत चिकित्सकका लागि आवासलगायत संरचना निर्माणको कामलाई दोस्रो प्राथमिकतामा राखेका छौँ ।” 

अस्पतालको नयाँ आकस्मिक कक्षको ब्लकलाई स्वास्थ्य सेवालाई एकीकृत ढङ्गले गर्ने प्रयास गरिरहेको उनको भनाइ छ । “ल्याब, इको, अल्टासाउण्ड, फिजियोथेरापीलगायत सेवालाई व्यवस्थित गर्ने जमर्को गरिरहेका छौँ”, उनले भने, “जीर्ण भएका भवनबाट सारेर अन्य सेवालाई एकीकृत गर्ने प्रयास जारी छ ।” 

उपचारका लागि आउने सेवाग्राहीलाई सहज गराउने उद्देश्यले काउन्टरलाई व्यवस्थित गर्ने काम भइरहेको जनाएको छ । “ ल्याब इन्फर्मेसन सेन्टर पनि केही समयभित्रै सञ्चालन गर्ने तयारी भइरहेको छ”, उनले भने, “अहिलेसम्म त ‘म्यानुअल’ ढङ्गबाटै ल्याबको सूचना दिँदै आइरहेका छौँ ।” अस्पतालमा चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी गरेर साढे तीन सयको हाराहारीमा छन् ।

प्रतिक्रिया दिनुहोस