८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेमा पुल र सडकका एक सय ३२ आयोजना

अ+ अ-

बाँके । जिल्लामा लुम्बिनी प्रदेश तथा स्थानीय स्तरका पुल र सडकसम्बन्धी एक सय ३२ आयोजना सञ्चालन हुने भएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ मा तीमध्ये ५३ को सम्झौता भइसकेका, ५७ आयोजना मूल्याङ्कनको चरणमा र २२ आयोजनाको बोलपत्र आह्वान भइसकेको हो ।

सडक पूर्वाधार विकास कार्यालय नेपालगञ्जका प्रमुख दीपक खड्काका अनुसार चालु आवमा निर्माण सुरु गर्ने गरी २२ आयोजनाको बोलपत्र आह्वान भएको छ । रु. छ करोड ४३ लाख बराबरको सडक तथा पुलका आयोजना जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिकामा रहेका उनले जानकारी दिए ।

जिल्लामा सञ्चालित पुल र सडकका आयोजनालाई प्रदेश स्तरका प्रमुख राजमार्ग एवं प्रदेशका गौरवका योजना, प्रदेश पूर्वाधार विकास कार्यक्रम, प्रादेशिक सडक, साना सडक, स्थानीय तह पहुँच मार्ग, पर्यटन स्थल पहुँच मार्ग भनेर नामाकरण गरिएको सडक पूर्वाधार विकास कार्यालय नेपालगन्जले जनाएको छ ।

साथै सीमा सुरक्षापोष्ट सडक सञ्जाल कार्यक्रम, सीमा क्षेत्र विकास कार्यक्रम, कृषि सडक, सडक पुल क्रमागत, सडक पुल नयाँ र अधुरा ठेक्का व्यवस्थापनलगायत रहेका प्रमुख खड्काले बताए। सडक मर्मत, सुधार एवं सुरक्षा कार्यक्रमअन्तर्गत आवधिक मर्मतका साथै नियमित मर्मत भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस