६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिबाट बिदा भएपछि जनयुद्धका कथाव्यथा लेख्छु : जनार्दन शर्मा

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले राजनीतिबाट रिटायर्ड (बिदा) भएपछि जनयुद्धका कथाव्यथा लेख्ने बताएका छन् ।

बुधबार गणतन्त्र सेनानी कोषले राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अहिले नै जनयुद्धका कथाव्यथा लेख्दा कसैको मन दुख्नसक्ने उल्लेख गरे ।

‘‘त्यसभित्र (जनयुद्ध) कथाहरू छन्, व्यथाहरू छन्, त्यो कुनै बेला समय मिलेछ भने मैले राजनीतिबाट बिदा भएपछि लेख्ने सुर गरेको छु । आजै लेख्दा कसैको मन दुख्न सक्छ । कसैलाई चित्त नबुझ्न सक्छ । त्यतिबेला लेख्ने विचार गरेको छु,’ उनले भनेका छन् ।

साथै, उनले पीडा बोकेर मोर्चामा जाँदै गरेका धेरै आरोपबारे आफूले लेख्ने बताएका हुन् ।

‘लडाईंका मोर्चामा पीडा बोक्दै गएका कथा पनि छन् । त्यो पनि म व्याख्या गर्न चाहन्न,’ शर्माले भने ।

उनले पश्चिम नेपालमा जनयुद्धले गुणात्मक अभियान सुरु गर्नुपर्ने बेलामा भएका कारबाहीहरूको संक्षिप्त स्मरण सम्बोधनको क्रममा राखे ।

प्रतिक्रिया दिनुहोस