७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध छ : मन्त्री पौडेल

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै यसका लागि देशव्यापी खोप कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताएका छन् ।

इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्य गाभीको बैठकमा सम्बोधन गर्दै मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि नेपालले आगामी माघ २२ गतेदेखि दुई सातासम्म किशोरीहरूलाई खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।

“यो खोप अभियान नेपालका लागि मात्र होइन सर्भाइकल क्यान्सर अन्त्यको वैश्विक रणनीतिमा महत्त्वपूर्ण उपलब्धि हुनेछ”, मन्त्री पौडेलले भने ।

गाभीसँग सहकार्य गरेर नेपालले खोपलक्षित प्राथमिकता तय गर्ने उल्लेख गर्दै मन्त्री पौडेलले नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत हेपाटाइटिस बी तथा हैजाविरुद्धसमेत खोप कार्यक्रम ल्याउने योजना बनाएको जानकारी दिए । “हामी यसबारे विमर्श गरिरहेका छौँ”, मन्त्री पौडेलले भने, “नेपालले यसका लागि चाँडै औपचारिक अनुरोध गर्नेछ ।”

नेपालमा खोप कार्यक्रम सञ्चालन गर्न कुल बजेटको कम मात्र अंश स्वास्थ्यका लागि विनियोजन हुनु तथा नयाँ संघीय व्यवस्थामा जनशक्ति अभावजस्ता समस्यासँग जुधिरहनुपरेको मन्त्री पौडेलको भनाइ थियो ।

“हाम्रो स्वास्थ्य क्षेत्र सुदृढीकरण सहायता क्षमता अभिवृद्धि सहायतामा तपाईँहरूबाट सहयोगको अपेक्षा गरेका छौ”, मन्त्री पौडेलले सम्बोधनका क्रममा भने, “यस्तो सहयोगले नेपाल र नेपालजस्ता देशहरूका लागि खोपहरूको पहुँच र सुलभता महत्त्वपूर्ण हुनेछ ।”

कोही पनि पूर्ण खोप अभियानबाट वञ्चित नहुन् भन्नका लागि नेपालले विश्वव्यापी खोप अभियानसँग गर्ने साझेदारी महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस