काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देल भारत भ्रमणमा जाँदैछन् ।
भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधान सेनापति शर्मा मंसिर २६ गतेदेखि मंसिर २९ गतेसम्म भारतको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणको दौरान उनलाई भारतीय राष्ट्रपतिले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने कार्यक्रम रहेको छ ।
सो अवसरमा प्रधान सेनापतिले भारतका उच्च पदस्थ पदाधिकारीहरूसँग भेटघाट गर्नुका साथै ईन्डीयन मीलीट्री एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी हुने कार्यक्रम समेत रहेको छ ।