७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्षतिग्रस्त बिपी राजमार्गको पुनः निर्माण गरिँदै

अ+ अ-

काठमाडौँ । मनसुनी विपद्बाट क्षति भएको बिपी राजमार्गको विस्तृत प्राविधिक प्रतिवेदन चाँडै नै तयार गर्ने गरी अध्यायन अगाडि बढाइएको छ । गत असोजमा गएको भीषण बाढी र पहिरोबाट सिन्धुली, रामेछाप, दोलखा, ओखलढुंगालगायत जिल्लामा पुग्ने यातायातको मुख्य आधारका रूपमा रहेको बिपी राजमार्गको विभिन्न भागमा सामान्य क्षतिसँगै रोशी आसपासका करिब १० किमि पूर्णरूपमा क्षति पुगेको थियो । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैँ अघि नै यातायात सञ्चालन गर्न पहल गरेका थिए । यातायात सञ्चालन भएसँगै उक्त राजमार्ग वर्षायाममा पनि सञ्चालन हुने गरी हाल प्राविधिक अध्ययनलाई अगाडि बढाइएको छ । 

सडक विभागले हाल भकुण्डेबेसीबाट नेपालथोकसम्मको करिब ३० किमी सडकको स्तरोन्नतिसँगै पुनः निर्माणको प्रक्रियाको काम अगाडि बढाउने तयारी गरेको छ । सडकको स्तरोन्नति र पुनः निर्माणको लागि विभागले परामर्शदाताको रूपमा ‘रिप्पल ट्रेनिङ एण्ड कन्सल्टिङ सर्भिसेज’ सँग सम्झौता गरी विस्तृत प्राविधिक प्रतिवेदन तयारको काम अघि बढाइको छ । परामर्श दाताले मौजुदा प्रतिवेदनसमेत तयार गरिसकेको र सोको ‘फिल्ड भेरिफिकेसन’  समेत सम्पन्न गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोख्रेल, उप-महानिर्देशक अर्जुन अर्याल, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौँका टिम लिडर तथा ट्रान्स्पोर्टेसन इन्जिनियर अमितप्रसाद तिमल्सेना, ई राजेन्द्र पौडेललगायतको टोलीले निरीक्षण गरी आवश्यक परिमार्जन गर्ने विषयमा छलफल गरेको छ । 

अनुगमनपछि सचिव शर्माले आवश्यक परिमार्जन गरी विस्तृत प्राविधिक प्रतिवेदन तयार गर्न र वर्षाको समयमा यातायात सञ्चालन गर्ने गरी आवश्यक कार्य चाँडो सम्पन्न गर्न निर्देशन दिए । चौकीडाँडा क्षेत्रको थप अनुसन्धान र निरीक्षणका क्रममा आवश्यक देखिएका परिमार्जनलाई समेत समावेश गरेर चाँडै विस्तृत प्राविधिक प्रतिवेदन तयार गरिने तिमल्सेनाले बताए ।

न्यौपानेले पुनः निर्माण गरिने सडक दुई लेनको हुने गरी अध्ययन भइरहेको र विस्तृत प्राविधिक प्रतिवेदन तयार भएपश्चात बजेट सुनिश्चितता गरी विभिन्न प्याकेज बनाई निर्माण कार्य चाँडो सम्पन्न गर्ने विभागको योजना रहेको बताए । वर्षाको समयमा समेत सडक सञ्चालनको तयारीमा लागी परेको र सो को लागि बजेट माग समेत गरिएको भक्तपुर डिभिजन प्रमुख सिडिई सुमन योगेशले बताए ।

प्रतिक्रिया दिनुहोस