७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नरेश भट्टमाथि अन्ततः हत्याको मुद्दा दायर

अ+ अ-

काठमाडौँ। अमेरिका निवासी नरेश भट्टमाथि अन्ततः पत्नीको हत्या गरेको अभियोगमा मुद्दा दायर भएको छ । मनासस प्रिन्स विलियम्स काउन्टी अदालतमा त्यहाँको प्रहरीले सरकारी वकिलमार्फत मुद्दा चलाएको हो ।

नरेशले पत्नीको हत्या गरेर शव लुकाएको आरोप लाग्दै आए पनि प्रहरीले ठोस प्रमाणको अभावमा कर्तव्य ज्यान सम्बन्धी मुद्दा हाल्न सकेको थिएन । तर, घरभित्र भेटिएको रगतको टाटोको डीएनए परीक्षण गर्दा ममतासँग मेल खाएपछि प्रहरीले मुद्दा हाल्न आधार बनेको हो । घटनास्थलबाट तत्कालै रगतको नमूना संकलन गरिएको भए पनि यसको डीएनए नतिजा आउन लामो समय लागेको थियो ।

अदालतको ग्रान्ड जुरीले अनुमति दिएपछि प्रहरीले अभियोग पत्र दर्ता गरेको हो । नरेशमाथि ममताको हत्या गरेकोसँगै शव टुक्राटुक्रा पारेको र शव बेपत्ता बनाएको थप दुईवटा चार्ज लगाइएका छन् । यी सबै आरोप पुष्टि भएको खण्डमा उनलाई आजीवन कारावासको सजाय हुनसक्ने जानकारहरू बताउँछन् ।

अमेरिकाका कतिपय राज्यहरूमा यस्तो केसमा मृत्युदण्डको समेत प्रावधान छ । तर, भर्जिनियाको कानूनमा मृत्युदण्ड भने छैन । त्यसैले उनीमाथि आजीवन कारावासको अधिकतम सजाय हुन सक्छ । मुद्दा दायरपश्चात् पहिलो पेशी हिजो राखिएको थियो, जसमा नरेश पनि उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस