१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी-पहिरोमा बेपत्ता भएकाको परिवारलाई मृतकसरह राहत रकम दिइने

अ+ अ-

काभ्रेपलाञ्चोक। गत असोज दोस्रो साताको बाढी पहिरोमा बेपत्ता भएकाको परिवारलाई मृतकसरह राहत दिइने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज सम्पन्न बैठकले उक्त निर्णय गर्दै जिल्लामा बेपत्ता छ जनाको परिवारलाई राहत रकम उपलब्ध गराउने जनाएको हो ।

विसं २०८१ असार ३१ गते मन्त्रिपरिषद्को बैठकमा बाढी पहिरोमा बेपत्ता भई १० दिनसम्म फेला पर्न नसकेका तर यकिन भएकाको हकमा मृत्यु भए सरह राहत रकम उपलब्ध गराउने निर्णयअनुसार समितिले उक्त निर्णय गरेको हो ।

समितिका अनुसार उक्त बाढी पहिरोको घटनामा बेपत्ता हुनेमा तेमाल गाउँपालिका-२ की छ वर्षीया अप्रिया तामाङ र तीन वर्षीया प्रिया तामाङ, चौरीदेउराली गाउँपालिका-६ की ४० वर्षीया शान्ता रिमाल, धुलिखेल नगरपालिका-८ की ४२ वर्षीया गीता श्रेष्ठ, बेथान्चोक गाउँपालिका-४ की ज्ञानु परियार र खानीखोला गाउँपालिका–६ की देवीमाया स्यांतान रहेका छन् ।

बेपत्ताका परिवारलाई प्रतिमृतक रु. दुई लाखका दरले संघीय सरकार तथा प्रदेश सरकारसमेतले राहत रकम उपलब्ध गराउने निर्णय गरिएको समितिको संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । बाढी-पहिरोबाट जिल्लाका ७९ जनाको मृत्यु भएको थियो ।

जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक विवरणअनुसार जिल्लामा दुई हजार आठ सय ४४ घर पूर्ण र छ हजार ४६ घरमा आंशिक क्षति पुगेको छ। त्यस्तै, तीन हजारदेखि तीन हजार पाँच सय घर पुनःनिर्माण गर्नुपर्ने देखिएको प्रारम्भिक विवरणमा उल्लेख छ। ३० भन्दा बढी सरकारी भवन, तथा सोही सङ्ख्यामा सार्वजनिक भवन पूर्णरुपमा क्षति भएको जनाइएको छ ।

यसैबीच बाढी पहिरोको घटना भएको दुई महिना बितिसक्दासम्म स्थानीय तहले विपद्को तथ्यांक उपलब्ध नगराएकाले अबको १० दिनभित्र स्थानीय विपद् व्यवस्थापन समितिमार्फत तथ्यांक उपलब्ध गराउन अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

तथ्यांक उपलब्ध भए लगत्तै रु. १५ हजार र रु. २० हजारका दरले तत्काल उपलब्ध गराउनुपर्ने अस्थायी राहत रकम उपलब्ध गराइने ढकालले बताउनुभयो । समितिले तथ्यांक अद्यावधिक गर्न सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

समितिले जाडोको मौसम सुरु भइसकेकाले बाढीपीडितका लागि न्यानो कपडालगायतका सामग्री उपलब्ध गराउने, बाढीले बगाएको तथा ढलेर अलपत्र अवस्थाका रुख व्यवस्थापनका लागि सरोकारवाला निकायसँग कानुनी प्रक्रियाअघि बढाउने, बनेपा र धुलिखेल नगरपालिका अझै संकटग्रस्त क्षेत्र घोषणा नभएकाले तत्कालै घोषणाका लागि सरकारसँग अनुरोध गर्नेलगायतका निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस