७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल र चीनबीच रेल सेवा सञ्चालनको तीव्र प्रतीक्षामा छौँ : झलनाथ खनाल

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित झलनाथ खनालले चीनले आधुनिक विज्ञान र प्रविधिमा आधारित नवप्रवर्तनलाई निरन्तरको सुधार र खुलापनको केन्द्रमा राखेको बताएका छन् ।

चीनको ग्वाङ्झाउमा आयोजित अन्डरस्टान्डिङ चाइना कन्फरेन्सको आठौँ श्रृंखलाको प्लेनरि सेसनमा बोल्दै चीनले शिक्षा, दिगो विकास र प्राविधिक प्रगतिलाई अघि बढाएर चीनले नवप्रवर्तनमा आफूलाई विश्वको सर्वोत्कृष्ट मुलुकको रूपमा आफ्नो स्थिति सुदृढ गदै लगेको बताए ।

उनले बीआरआईले मात्र १० वर्षको अवधिमा १५० भन्दा बढी देशहरूसँग ३००० भन्दा बढी सम्झौताहरू गरेको भन्दै एक ट्रिलियन डलर भन्दा बढी लगानीमार्फत विभिन्न देशहरू र क्षेत्रहरूको विश्वव्यापी आर्थिक एकीकरणलाई प्रवर्द्धन गरिरहेको बताए ।

चीनको नेतृत्वमा अगाडि बढेको नयाँ विकास बैंक, एशियन पूर्वाधार लगानी बैंक, सांघाई सहयोग संगठन र बीआरआई जस्ता संगठनहरूले ग्लोबल साउथलाई व्यापक रूपमा सुदृढ गरिरहेको बताए ।

उनले सन् २०१९ मा राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा भएका प्रतिबद्धताहरूलाई स्मरण गरे ।

उनले भने, ‘सीले भ्रमणका क्रममा भन्नुभएको थियो अब चीन र नेपालको विचमा ट्रान्स-हिमालयन कनेक्टिभिटी निर्माण गर्नु पर्दछ, ट्रान्स-रेलवे कनेक्टिभिटी विकास गर्नु पर्दछ र नेपाललाई एक भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकको रूपमा रूपान्तरण गर्नु पर्दछ। राष्ट्रपति सी जिङपिङको यो एउटा दूरगामी, गहिरो र महत्त्वपूर्ण प्रतिबद्धता थियो। यदि नेपाल र चीनबीच रेल सेवा सुचारु गर्न सकियो भने, यी दुई विशाल जनसङ्ख्या भएका क्षेत्रहरू बीचको आपसी कनेक्टिभिटी गुणात्मक विकास ल्याउने र विकासको पहलकदमीले विश्व अर्थतन्त्रमा समेत महत्त्वपूर्ण प्रभाव पार्ने कुरामा कुनै शंका छैन। तसर्थ, हामी समस्त नेपालीहरू यो विराट सम्भावना कहिले यथार्थमा परिणत हुन्छ भनेर तिव्र प्रतीक्षा गरिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस