९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई लाखलाई सेवा दिने आँखा अस्पतालको लक्ष्य

अ+ अ-

काठमाडौँ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले चालु आर्थिक वर्षमा दुई लाख सेवाग्राहीलाई सेवा प्रदान गराउने लक्ष्य लिएको छ । गत आवमा एक लाख ६२ हजार बिरामीलाई सेवा उपलब्ध गराएको अस्पतालले चालु आवमा करिब ४० हजार भन्दा बढीलाई सेवा प्रवाह गर्ने लक्ष्य लिएको हो ।

आज आयोजित  अस्पतालको २०औँ वार्षिक साधारण सभामा अस्पतालले गत आवमा १० हजारको आँखाको विभिन्न खाले शल्यक्रिया गरेकामा चालु आवमा बढाएर १५ हजार पुर्‍याउने लक्ष्य लिइएको जानकारी दिइयो । गत वर्ष अस्पतालले सात सय ६० जनालाई निःशुल्क उपचार सेवा उपलब्ध गराएको थियो भने ८० वर्षमाथि उमेरका ज्येष्ठ नागरिकलाई उपचार सेवामा लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिँदै आएको छ । 

त्यस अवसरमा अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष डा. अनिलप्रसाद गोर्खालीले वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै गत आवमा रु तीन करोड, तीन लाख ७५ हजार रकम बचत गर्न सफल भएको जानकारी दिए ।

आँखाका बिरामीलाई सरल, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने सिलसिलामा  निकट भविष्यमै अस्पतालले बिमा प्रणालीलाई समावेश गर्ने तथा विधान संशोधनसम्बन्धी कार्य तीन महिनाभित्रै पूरा गरिने अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. गोपालप्रसाद पोखरेलले जानकारी दिए ।

साधारणसभाले अस्पतालका सचिव युद्ध ध्वज सापकोटाद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदनलाई अनुमोदन गरेको छ । स्थापनाको ५१औँ वर्षमा रहेको अस्पताले विशेषज्ञसहित एक सय २६ कर्मचारीमार्फत आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालले निजी क्षेत्रबाट चस्मा बिक्रीमा हुन सक्ने मूल्य वृद्धिलाई रोकी बजार मूल्य नियन्त्रण गर्न चस्मा पसल सञ्चालन गर्दै आएको छ ।

नेपालमा खेलकुद उत्सव छाइरहेको छ: मन्त्री चौधरी
त्यस अवसरमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पछिल्लो समय एकपछि अर्को महत्त्वपूर्ण प्रतियोगिता आयोजना भइरहेकाले नेपालको खेलकुद क्षेत्रमा उत्सव छाइरहेको बताएका छन् ।

उनले मुलुकमा निरन्तर खेलकुद प्रतियोगिता भएपछि खेलकुद क्षेत्र र खेलाडीमा उत्साह र उमंग बढेको धारणा व्यक्त गरे । मन्त्री चौधरीले भने “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकधारी खेलाडीलाई रोजगारी र अन्य सुविधा दिन नसकेका कारण विदेश पलायन हुनेको सङ्ख्या चुनौतीका रूपमा बढिरहेको छ । अस्पतालले निःशुल्क औषधोपचार उपलब्ध गराइ यसलाई रोक्न सहयोग पुर्‍याउन सक्छ ।”

आँखासहितका अस्पतालमा खेलाडीको उपचारमा सहज पहुँच हुन आवश्यक रहेको बताउँदै अस्पतालका आजीवन सदस्यसमेत रहेका मन्त्री चौधरीले कतिपय खेलाडीको बिमा नभएकाले खेलकुद क्षेत्रमा उज्ज्वल भविष्य भएका खेलाडी विदेश पलायन भइरहेको उल्लेख गरे ।

आँखामा रोग लागेपछि उपचारभन्दा रोग लाग्नै नदिन अपनाउन पर्ने सचेतना महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्दै मन्त्री चौधरीले नेपाल आँखा अस्पतालले सेवा प्रवाह र गुणस्तरमा धेरै सुधार ल्याएको भनी प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस