१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापा-१ लाई पनि ५ जत्तिकै माया गरिदिन प्रधानमन्त्रीलाई विश्वप्रकाश शर्माको आग्रह

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको निर्वाचन क्षेत्र नम्बर-१ लाई जस्तै ५ लाई पनि माया गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।

झापा-१ शर्माको र ५ प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र हो । प्रधानमन्त्री ओली आइतबार दुई दिने कार्यक्रम तय गरेर झापा पुगेका छन् । ओली बाहुनडाँगीमा पनि पुग्ने कार्यक्रम तय भएको छ । बाहुन डाँगी शर्माको निर्वाचन क्षेत्रमा पर्छ ।

यसैबीच शर्माले भनेका छन्, ‘झापा-१ लाई पनि झापा ५ जत्तिकै माया गरिदिनु हुनेछ भन्ने आग्रह गर्न चाहन्छु ।’

६ महिना अघि नै निर्धारित कार्यक्रम अनुसार खुम्बु पदयात्रामा रहेको कारणले प्रधानमन्त्री ओली उपस्थित हुने कार्यक्रममा सहभागी हुन नसकेको शर्माले जानकारी गराएका छन् ।

यात्राको क्रममा भिडियो सन्देशमार्फत् शर्माले झापा-१ का समस्याबारे प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन् ।

‘मेरो विनम्र अनुरोध छ । झापा-१ मा जे जति कार्यहरू भइरहेका छन् । ती सबै कार्यहरूमा पर्याप्त बजेट हुन नसक्दा असर परिरहेको छ,’ शर्माले भनेको छन्, ‘कतिपय कार्यक्रम सुरु गर्नकै लागि नागरिकको अपेक्षा त्यहाँ पुगेको बेला पूरा गर्नु नै हुनेछ ।’

झापा-१ का नागरिक जंगली हात्तीबाट प्रताडित भएको हुँदा समस्या समाधानका लागि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन् । झापा-१ मा धनीपुर्जा पाउन नसकेको समस्या पनि शर्माले सुनाए ।

‘सीमा क्षेत्रका व्यवसायीले धेरै समस्या भोगिरहनु भएको छ । भारतले नाकालाई सहज नबनाइदिँदै गर्दा अप्ठ्यारो बेहोरिरहनु भएको छ,’ शर्माले भनेका छन् ।

पदयात्रामा निस्केका कारणले शनिबार भएको पार्टीको कोशी प्रदेशको सम्मेलनमा समेत सहभागी हुन नसकेको शर्माले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस