७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्ययन बिदा दुरुपयोगबारे संसदीय समितिले त्रिवि पदाधिकारीसँग छलफल गर्ने

अ+ अ-

काठमाडौँ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले अध्ययन बिदामा भइरहेको दुरुपयोगबारे त्रिभवन विश्वविद्यालयका पदाधिकारीलाई बोलाएर छलफल गर्ने भएको छ ।

समिति सभापति अम्बरबहादुर थापाले अध्ययन बिदामा गएका त्रिविका प्राध्यापक नफर्किएको गुनासो आएपछि त्रिविका पदाधिकारीलाई बोलाएर छलफल गर्ने बताएका हुन् ।

‘राज्यको सेवा सुविधा खाएर नफर्किने प्राध्यापकबारे अध्ययन अनुसन्धान गर्छौँ । कति प्राध्यापकले बिदा लिएर फर्किएका छैनन् त्यसको विवरण माग्छौँ,’ सभापति थापाले भने ।

त्रिविबाट विवरण उपलब्ध भएपछि अनुसन्धान गरेर आवश्यक कारबाहीका लागि निर्देशन दिने सभापति थापाले बताए । ‘यो शिक्षकबाट भएको लापरबाही हो । अनुसन्धान गरेर कारबाहीका लागि समितिले निर्देशन दिन्छ,’ उनले भने ।

त्रिविका प्राध्यापकले ५ वर्ष अध्ययनको बिदा पाउँछन् । बिदामा बस्दा तलब पनि दिइने गरेको छ । अध्ययन बिदा सकिएपछि फर्किएर सेवा गर्ने कबुल शिक्षकले गरेको हुन्छ । फर्किएर ३ वर्षसम्म अध्ययन बिदा पूरा गरेकाले कम्तीमा ३ वर्ष र सोभन्दा बढी बिदा उपभोग गरेकाले कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ ।

तर, बिदा सकिएपछि धेरै शिक्षक विदेशमै लुक्ने गरेको पाइएको छ । १० वर्षमा ८९३ जना शिक्षकले अध्ययन बिदा लिएको देखिन्छ । तर यसमध्ये कति फर्किए, कतिले अध्ययन पूरा गरे, कतिले नगरी फर्किए र कति फरार छन् भन्ने अभिलेख त्रिविसँग छैन । १० वर्षमा बिदा बस्ने शिक्षकको तलब मात्रै हिसाब गर्दा पनि न्यूनतम १ अर्ब ७६ करोड भन्दा धेरै हुन आउँछ ।

यो विषयमा त्रिविले पनि अनुसन्धान थालेको छ । त्रिविले डिन कार्यालय, केन्द्रीय विभाग, सम्बन्धित क्याम्पसलाई १० दिनको समय दिएर अध्ययन बिदामा गएर नफर्किने शिक्षकको विवरण उपलब्ध गराउन पत्रचार गरेको छ । सबै ठाउँबाट विवरण आएपछि नफर्किने प्राध्यापकबाट खाएको तलब असुल गर्ने त्रिविको पदाधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस