काठमाडौँ । कीर्तिपुर नगरपालिकामा मंगलबार सार्वजनिक बिदा दिइएको छ । मंगलबारको दिन कीर्तिपुरमा स्थानीय परम्परा अनुसार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने गर्दछ । त्यसकै अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।
नगरपालिकाको आइतबार बसेको २३ गतेको बैठकले मंगलबार (भोलि) नगरपालिकामा बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिएका छन् ।