१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीले भने-बीआरआईका धेरै आयाम भएकाले ऋण वा अनुदान जे पनि हुनसक्छ

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग गरेको बीआरआई सम्झौतामा ठिक रहेको दाबी गरेका छन् ।

एमालेका अध्यक्ष समेत रहेका ओलीले झापाको बिर्तामोडमा एमालेका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बीआरआई चीनले अरु देशहरूलाई गर्ने सहयोग अघि सारेको परियोजना भएकाले ऋण, अनुदान, सहकार्य र संयुक्त लगानी पनि हुनसक्ने बताए ।

उनको भने, ‘बीआरआईबारे नबुझेर धेरै कराएका छन् । यो ऋण हो कि अनुदान हो ? भन्दै कराएका छन् । बीआरआई चीनले अरु देशहरूलाई गर्ने सहयोग विकासमा गर्ने सहयोग त्यो ऋण पनि हुनसक्छ, त्यो अनुदान पनि हुनसक्छ, सहकार्य, संयुक्त लगानी पनि हुनसक्छ ।

कुनै देशमा गएर गर्ने लगानी पनि हुनसक्छ । ऋण बीआरआई, अनुदान बीआरआई हुँदैन, यसका धेरै आयामहरू छन्, तसर्थ चीनले आफूले बाहिरका देशलाई दिने सहयोग पनि बीआरआई अन्तर्गत पर्छन् । हामीले आर्थिक विकाससँग सम्बन्धित कुरालाई जोड दिएका छौँ ।

मैले भनेरै गएको हो यतिबेला ऋणको कुरा हुँदैन । ऋण लिन जान लागेको होइन भनेर, हामी अनुदान सहायताकै कुरा गर्छौँ भनेर, तर, हाम्रो जस्तो गरिब देशले कुनै देशसँग ऋण लिनै हुँदैन भन्न हुँदैन, प्रतिफल दिने ठाउँमा ऋण लिएर पनि काम गर्नुपर्ने हुनसक्छ । देशलाई नोक्सान गर्ने गरी कुनै काम गर्दैन ।

नेपालले प्राप्त गर्ने सहयोग वर्षौँदेखि अलमलिएको थियो । यसपटकबाट सम्झौता गरेर हामीले अगाडि बढाएका छौँ । बीआरआईको बारेमा एउटा रूपरेखा सम्झौता गरेका छौँ । बीआरआईमा हामीले गरेको सहमति ठिक छ । यो १५३ देशले स्वीकारेको विषय हो। यसले हाम्रो देशलाई लाभ पुग्ने गरी सम्झौता गरेको छौँ । कसैले अलमलिनु पर्दैन । हामीले हाम्रो राष्ट्रिय हित छाड्दैनौँ ।’

प्रतिक्रिया दिनुहोस