२८ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायलबाट प्यालेस्टिनी नागरिकमाथि भएको क्रुर व्यवहार निन्दनीय छ : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले फास्सिट नीति अवलम्बन गर्ने शासकको पछि नलाग्न इजरायली जनतालाई आग्रह गरेका छन् । 

सोमबार काठमाडौँको रत्नपार्कमा ‘प्यालेस्टिनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान’ उद्घाटन गर्दै अध्यक्ष नेपालले न्याय, सत्यको पक्षमा र अन्याय र अत्याचारको विरुद्धमा दृढतापूर्वक उभिन आग्रह गरेका हुन् ।

‘न्याय, सत्यको पक्षमा उभिनुपर्छ र अन्याय र अत्याचारको विरुद्धमा, फासिजमको विरुद्धमा हामी दृढतापूर्वक उभिनुपर्छ । हाम्रो देश नेपालले न्यायको पक्षमा उभिने संकल्प गर्नुपर्छ । गर्दै आएको पनि छ । अहिलेको सरकारले जसरी जघन्य मानवअधिकारको हनन, मानव अधिकारको जघन्य हनन भइरहेको छ, हत्या भइरहेको छ, क्रुरताको पराकाष्ठामा प्यालेस्टिनीमाथि जसरी व्यवहार भइरहेको त्यो निन्दनीय र खेदजनक छ, ’अध्यक्ष नेपालले भने ।

‘यस्ता कुरामा सरकार तटस्थ बस्न नहुने अध्यक्ष नेपालले बताए । ‘यस्ता कुरामा पनि तटस्थ बस्ने सरकारको यो नीति हो भने यो भर्त्सनायोग्य । निन्दनीय छ । नेपालले न्याय र अन्यायलाई छुट्याउन सक्नुपर्छ,ु उनले भने । नेपाल प्यालेस्टिनी नागरिकको पक्षमा रहेको उल्लेख गर्दै नेपालले भने, ‘हामी नेपाल जनता प्यालेस्टाइनी जनताको पक्षमा रहेका छौँ । जनताको कुरा गर्ने हो भने इजरायली जनतालाई पनि भन्न चाहन्छु, आफ्नो देशको फास्सिट नीति अवलम्बन गर्ने त्यस्ता शासकको पछि नलाग्नुस्, न्यायको पक्षमा उभिनुस् ।’

प्रतिक्रिया दिनुहोस