७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम र कर्णालीमा दिनभर हिमपात

अ+ अ-

काठमाडौँ । देशका उच्च पहाडी तथा हिमाली भू-भागमा सोमबार बिहानैदेखि हिमपात भएको छ । विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा चिसो बढेसँगै हिमपात भएको हो ।

हिमपातपछि हिमाली क्षेत्रको जनजीवन पनि प्रभावित भएको छ । वर्षासँगै भएको हिमपातले बालीनालीलाई भने फाइदा पुर्‍याएको छ । आइतबारदेखि मौसममा आएको परिवर्तनपछि सोमबार बिहान हिमाली जिल्लाहरूमा हिमपात भएको हो ।

दार्चुला, अछाम, बझाङ, हुम्ला, डोटी लगायतका ठाउँमा यो वर्षको पहिलो पटक हिमपात भएको हो ।

हुम्लाको सदरमुकाम सिमकोट, नाम्खा गाउँपालिकाको उत्तरी भेग चाला, लिमी, हिल्सा, यारी लगायतका ठाउँमा हिमपात भएको हो । त्यस्तै, दार्चुलाको खण्डेश्वरी, राप्ला, घुसा लगायतका क्षेत्रमा हिमपात भएको छ ।

डोटीको बडिकेदार गाउँपालिकाका केही क्षेत्रमा पनि दिनभर हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, कोशी लगायतका क्षेत्रमा साधारणदेखि पूर्णतया बदली भएको छ ।

बाँकी प्रदेशका भू-भागमा आंशिक बदली भएको महाशाखाले जनाएको छ । त्यस्तै, मध्य र पूर्वी तराईका धेरै भू-भागमा हुस्सु र थोरै भू-भागमा कुहिरो लागेको छ ।

प्रतिक्रिया दिनुहोस