काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
टीयु क्रिकेट मैदानमा लुम्बिनीविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
पहिला ४ खेल गुमाएको लुम्बिनी पहिलो जितको खोजीमा रहनेछन् । ४ खेलमा ३ जित निकाल्दै चितवन तेस्रो स्थानमा छ ।