७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक कूटनीतिलाई पहिलो प्राथमिकता दिन परिसंघको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग परिसंघले विभिन्न ११ देशका लागि प्रस्तावित राजदूतहरूसँग आर्थिक कूटनीतिमा केन्द्रित रहेर छलफल गरेको छ ।

सोमबार साँझ भएको छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले कूटनीतिका माध्यमबाट आर्थिक सम्बन्ध विस्तारलाई पहिलो प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरूलाई आग्रह गरे ।

नेपालमा लगानीकर्ताहरूलाई पूँजी परिचालनमा अभिप्रेरित गर्न, निर्यात प्रवर्द्धन गर्न देश केन्द्रित बेग्लै आर्थिक रणनीति बनाउनुपर्ने, विदेशी लगानीकर्ताका लागि सबै नेपाली राजदूतावासमा सम्पर्क व्यक्ति तोकिनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।

नेपालको ‘कन्ट्री रेटिङ’ भइसकेको सन्दर्भमा लगानी भित्र्याउन त्यो सहयोगी बन्ने विश्वास व्यक्त गर्दै उनले सन् २०२६ मा मुलुक मध्यम आययुक्त विकासशील देशमा स्तरोन्नति हुने भएकाले अन्तर्राष्ट्रिय क्षेत्रबाट देशले पाउँदै आएको सुविधा नघट्ने वातावरण बनाउन उनले प्रस्तावित राजदूतहरूसँग आग्रह गरे ।

परराष्ट्र मन्त्रालयका कामयमुकायम सचिव अमृत बहादुर राईले देशको प्रतिनिधिको रूपमा राजदूतहरूले नेपाली वस्तुहरूको प्रवर्द्धन, नेपाली व्यवसायीहरूलाई  सहजीकरण गर्ने बताए । उनले नेपाली व्यावसायिक क्षेत्रलाई सम्बन्धित मुलुकका लगानीकर्तासँग सम्पर्क स्थापना गर्न, नेपाली वस्तु तथा सेवा निर्यातमा सघाउन आग्रह गरे ।

उच्च व्यापार घाटा कम गर्न, नेपाली उत्पादनको प्रवर्द्धन, पर्यटन, सूचना प्रविधि, उद्योग, जलविद्युत् पूर्वाधार विकासमा लगानी केन्द्रित गर्न आफूहरू लाग्ने प्रस्तावित राजदूतहरूले व्यक्त गरे ।

छलफलमा प्रस्तावित राजदूतहरू डा. शंकर शर्मा, सेवा लम्साल, चित्रलेखा यादव, चन्द्रकुमार घिमिरे, डा. सुम्निमा तुलाधर, डा. जंगबहादुर चौहान, प्राध्यापक कपिलमान श्रेष्ठ, प्रकाशमणी पौडेल, डा. शिवमाया तुम्बाहाम्फे, डा. पूर्णबहादुर नेपाली र डा. नेत्रप्रसाद तिम्सिना सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस