८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गिरिबन्धुको फाइल खोल्न थालेपछि सरकार फेरियो : ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिबन्धु टी स्टेटको भ्रष्टाचार लुकाउन सरकार सम्पूर्ण शक्तिका साथ लागिरहेको आरोप लगाएका छन् ।

मंगलवार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाएका हुन् । उनले आफू नेतृत्वको सरकारले दोस्रो चरणमा गिरिबन्धुको फाइल खोल्न थालेसँगै सरकार फेरिएको बताए ।

उनले गिरिबन्धुमा सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्ने र भ्रष्टाचारको फाइल खोलिनुपर्ने बताए । उनले भ्रष्टाचार गर्नेहरूमाथि कारबाही हुनुपर्ने बताए ।

‘मैले दोस्रो चरणमा गिरिबन्धु, सर्वोच्च अदालतले पनि आदेश दिइसकेको थियो । र म गिरिबन्धुको फाइल खोल्ने अन्तिम तयारीमा थिएँ । र अहिले गिरिबन्धुको भ्रष्टाचार रोक्नको लागि सरकार सम्पूर्ण शक्तिको साथ अघि बढेको छ । हामी सबैले यसमा खबरदारी गर्न जरुरी छ । गिरिबन्धुमा सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्‍यो’, उनले भने, ‘त्यहाँ भएको भ्रष्टाचारको फाइल खोलिनुपर्‍यो । उनीहरूमाथि कारबाही गर्नुपर्‍यो । यहाँ अर्बौँ भ्रष्टाचार गर्नेहरू, देशभित्र बाहिर सम्पत्ति राखेको आरोप आइराखेको छ । त्यसलाई छानबिनमा सहयोग गर्नुपर्ने ठाउँमा झनै भ्रष्टाचारलाई अझ बढवा दिने जो काम भइरहेको छ । हामी त्यसको निम्ति यो खबरदारी सभाहरूमार्फत सरकारलाई खबरदारी गरी नै रहेका छौँ ।’

अध्यक्ष दाहालले अहिलेको सरकारको नेतृत्व गर्ने राजनीतिक दलमा सम्बन्धित मानिसहरू नै सबैभन्दा बढी सहकारी ठगीमा संलग्न रहेको आरोप लगाए ।

उनले काँग्रेस र एमालेका नेताहरूले रवि लामिछानेलाई आफ्नो साथमा ल्याउन प्रधानमन्त्रीको अफर गरेको कुरा आफूले देखेको र सुनेको दाबी गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लाछिबानेलाई पक्राउ गरेको गम्भीर मूल्य एमाले र काँग्रेसले चुकाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस