७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताले फेरि एक पटक माओवादी रोज्दै छन् : वर्षमान पुन

अ+ अ-

काठमाडौँ । तनहुँमा ५० जनाभन्दा बढी काँग्रेस कार्यकर्ता पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । ऋषिङ गाउँपालिका-१ झापुटारमा सोमबार र आँबुखैरेनी गाउँपालिकाको आँबुखैरेनीमा मंगलबार आयोजित माओवादी केन्द्रको पालिका अधिवेशन र खबरदारी सभामा उनीहरू पार्टी प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले टीका र माला लगाएर स्वागत गरे । झापुटारमा श्यामला थापासहित २७ जना र आँबुखैरेनीमा पदम नेपालीसहित २५ जना पार्टी प्रवेश गरेको माओवादीले जनाएको छ ।

कार्यक्रममा पुनले वर्तमान काँग्रेस-एमाले गठबन्धनको सरकार भ्रष्टाचार, राज्य दोहन र बेचबिखनमा संलग्न आफ्ना मान्छेहरूको संरक्षण र स्वार्थ समूहको चाहनामा सरकार अघि बढेकाले जनता ती पार्टीहरूको विकल्पको खोजीमा रहेको बताए ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पूर्ववर्ती सरकारले १८ महिनामा सुशासन, भ्रष्टाचार अन्त्य तथा राज्य दोहनमा संलग्न शक्तिशाली भनिएका व्यक्ति तथा सामन्ती प्रथाका रूपमा व्याप्त मिटर ब्याजमा संलग्नमाथि अनुसन्धान र कारबाही गरेका कारण जनताले फेरि एक पटक माओवादी केन्द्रलाई विकल्पको रूपमा रोज्ने अवस्था आएको उनको दाबी छ।

वर्तमान सरकार गठन भएपछि हरेक साताजसो भ्रष्टाचार, बेथिति र अनियमितताका घटना सार्वजनिक हुन थालेको बताए।

प्रतिक्रिया दिनुहोस