१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चर्चा कमाउन मात्रै निर्णय नगर्न सरकारलाई ढकालको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चर्चा कमाउन मात्रै निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

काठमाडौँमा बुधबार आयोजित एक कार्यक्रममा उनले चर्चाका लागि गरिने निर्णयले क्षणिक फाइदा मात्रै हुने र नतिजा आउन नसक्ने उल्लेख गरे । उनले वैदेशिक रोजगारीमा फ्री भिसा, फ्री टिकटको नारा चर्चा कमाउन मात्रै लगाइएको बताए ।

अध्यक्ष ढकालले फ्री भिसा र फ्री टिकट नेपाललाई मात्रै नभई पाकिस्तान र बांङ्लादेशलाई पनि रहेको भन्दै कम मात्रै फ्री टिकट र फ्री भिसाअन्तर्गत श्रमिक पठाउन सकिने बताए । उनले वास्तविकतामा टेकेर गरिने निर्णय नै दीर्घकालीन र फलदायी हुने बताए ।

‘मेरो आग्रह के हो भने कहिलेकाहीँ पपुलर नाराको लागि हामीले वास्तविक अवस्थाभन्दा पनि फरक प्रकृतिको डिसिजन गरिरहेका छौँ । म मन्त्रीज्यूलाई के आग्रह गर्न चाहन्छु भने पपुलर डिसिजनभन्दा पनि रियल डिसिजन राम्रो हुन्छ’, उनले भने, ‘त्यसैले रिजल्ट आउने हिसाबको डिसिजन गर्नुपर्छ पोलिसीको हिसाबले । यो किन भनेको हो भने फ्री टिकट, फ्री भिसा भनेको छ । त्यो फ्री टिकट, फ्री भिसा त हामी नेपालीको मात्रै त होइन नि ! बांङ्लादेश, पाकिस्तान पनि छ । हामीले यहाँ फ्रीमा पठाउने भनेर त्यो कति सान्दर्भिक हुन्छ ?’

अध्यक्ष ढकालले सरकारबाट दिइने तालिमहरूले सीपयुक्त जनशक्ति तयार हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस