७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधान सेनापति सिग्देलद्वारा भारतीय समकक्षीसँग शिष्टाचार भेटघाट

अ+ अ-

नयाँ दिल्ली । मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले आज भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीसँग शिष्टाचार भेटघाट गरेका छन् । दुई देशबीचको सुरक्षा सम्बन्ध, आपसी सहकार्य, र सैन्य आदानप्रदानका विषयमा यस भेटघाटले थप प्रगाढता ल्याउने विश्वास गरिएको छ।

प्रधान सेनापतिले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान, रक्षा सचिव, र विदेश सचिवसँग पनि छुट्टाछुट्टै भेटघाट गरेका छन् । यी भेटघाटहरूमा क्षेत्रीय सुरक्षा, रणनीतिक सहकार्य र दुई देशबीचको रक्षा साझेदारीका विविध आयामबारे छलफल भएको बताइएको छ।

यसअघि, प्रधान सेनापति सिग्देलले भारतको नयाँ दिल्लीस्थित नेशनल वार मेमोरियलमा पुष्प गुच्छा चढाई वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जली कार्यक्रममा उनको सम्मानमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

प्रधान सेनापति सिग्देलको भारत भ्रमणले नेपाल–भारतबीचको सैन्य र रणनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस