६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समस्या उन्मुख सहकारीको अध्ययन गर्न विज्ञ टोली देश दौडाहामा जाँदै

अ+ अ-

काठमाडौँ । समस्या उन्मुख सहकारी संस्थाहरूको अध्ययन गर्न सरकारले गठन गरेको विज्ञ टोली देश दौडाहामा निस्कने भएको छ ।

अर्थ मन्त्रालयले टोलीमा रहने सात जना विज्ञको नाम प्राप्त भइसकेको र उनीहरूलाई कुन-कुन प्रदेशमा पठाउने भन्ने तय गरेर तत्कालै फिल्डमा पठाइने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

सहकारी मन्त्रालयका उपसचिवको नेतृत्वमा हुने हरेक टोलीमा एक जना विज्ञ सदस्य, सहकारी विभागको एक जना प्रतिनिधि र सम्बन्धित प्रदेशको सहकारी रजिस्ट्रार सदस्य रहने बताइएको छ ।

जुन स्थानीय तहमा रहेको सहकारीको अनुगमन गर्ने हो, त्यसको सहकारी हेर्ने अधिकृत पनि टोलीमा सहभागी हुनेछन् ।

यसअघि गत १६ कात्तिकमा मुख्यसचिवको संयोजकत्वमा सरोकारवालाबीच भएको बैठकले सातै प्रदेशका समस्या उन्मुख सहकारीको अनुगमन गर्न केन्द्रबाटै टोली परिचालन गर्ने निर्णय गरेको थियो ।

‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने समस्या उन्मुख सहकारी संस्थाको स्थलगत अनुगमन गरी त्यस्ता संस्थाको कारोबारको यथार्थ वस्तुस्थिति र जोखिमसमेत आकलन गरी प्रतिवेदन पेस गर्न प्रत्येक प्रदेशमा कम्तीमा एक विज्ञ सहितको टोली गठन गरी निश्चित कार्यादेशसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले खटाउने,’ सो दिनको निर्णयमा उल्लेख थियो ।

यसका लागि वित्तीय क्षेत्रमा काम गरेका आवश्यक जनशक्ति अर्थ मन्त्रालयले र अन्य जनशक्ति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराउने निर्णय पनि सो बैठकले गरेको थियो । सोही निर्णयअनुसार टोली परिचालन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस