काठमाडौं । वेस्ट इन्डियन लिजेन्ड ब्रायन लारा भोली नेपाल आउँदै छन् ।
क्यान सचिव पारस खड्काले अस्ति सामाजिक सञ्जालमा स्टाटस लेख्दै लारा नेपाल आउने खबर सार्वजनिक गरेका थिए । उनको स्ट्याटसमा धेरै क्रिकेटप्रेमीले खुशी व्यक्त गर्दै पारसलाई धन्यवाद दिएका छन् ।
क्यान प्रवक्ता छुम्बी लामाले लारा भोलि काठमाडौँ आइपुग्ने जानकारी दिए । उनी बिहान साढे आठ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने तालीका रहेको छ । लारालाई स्वागत गर्न नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरू विमानस्थल पुग्नेछन् ।
विश्वविख्यात वेस्ट इन्डियन खेलाडी पहिलो पटक नेपाल आउन लागेका हुन् ।