काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टीभित्र हताश, अन्योल, पलायन र निष्क्रियताजस्ता प्रवृत्ति देखिएको बताएका छन् ।
महासचिव भुसालले स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीका कतिपय नेता कार्यकर्तामा एमालेसँग नजिक हुन खोज्ने र कतिपयमा माओवादीसँग नजिकिने प्रवृत्ति बढेको उल्लेख छ ।
महासचिव भुसालको प्रतिवेदनमा भनिएको छ, ‘महाधिवेशनपछि पार्टी जसरी अगाडि बढ्नुपर्ने थियो त्यो हुन सकेन । त्यसका लागि विभिन्न कारणहरू जिम्मेवार छन् । तर जेसुकै भए पनि त्यो कमजोरी नै हो । अहिले पार्टीमा अनेकौँ प्रकारका समस्या छन् । निराशा,हताश,अन्योल र निष्क्रियताजस्ता प्रवृत्तिहरू देखिएका छन् । जसले गर्दा कतिपयमा नेकपा एमालेसँग सामीप्यता खोज्ने,अरू कतिपयमा नेकपा माओवादीसँग नजिकिन खोज्ने र आमरुपमा अन्योलग्रस्त प्रवृत्तिहरू देखिएका छन् । पार्टी पङ्क्तिलाई एकताबद्ध नबनाउने हो भने पार्टीले गति लिन सक्दैन । यो तितो वास्तविकतालाई बिना हिचकिचाहट स्वीकार गरौँ र अगाडि बढौँ ।’
महासचिव भुसालले अबको निर्वाचनमा कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्नुपर्ने प्रस्ताव समेत पार्टीमा गरेका छन् । उनले गठबन्धनबाट पार्टी नबन्ने र आन्दोलनबाटै पार्टी बनाउनुपर्ने उल्लेख गरेका छन् ।
प्रतिवेदन :