काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच वटा देशका राजदूत नियुक्त गरेका छन् । पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका लागी राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
जस अनुसार बेल्जियमका लागि सेवा लम्साल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, स्पेनका लागि सनिल नेपाल, दक्षिण अफ्रिकाका लागि प्रा. डा. कपिलमान श्रेष्ठ र कोरियाका लागि शिवमाया तुम्बाहाङफेलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेका हुन् ।