काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले संसद् सेवाका कर्मचारीको मनोबल उच्च राख्न, संसदीय गतिविधिमा बढी जिम्मेवार बनाउन र क्षमता अभिवृद्धिमा सरकार गम्भीर रहेको बताएका छन् ।
अठारौँ संघीय संसद् सेवा दिवसका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित समारोहमा बोल्दै उनले निजामती सेवा विधेयकमा संसद्का कर्मचारीको वृत्ति विकासलाई उचित ढंगबाट सम्बोधन गरिने विश्वास समेत दिलाए ।
अर्यालले कानुन निर्माण, सरकारलाई जनताप्रति उत्तरदायी बनाउँदै असल शासन कायम गर्न र सरकारलाई खबरदारी गर्न संसद्को महत्त्वपूर्ण भूमिका रहेको बताए ।