६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपराष्ट्रपति यादवसँग चीनको सीपीपीसीसी सदस्य शुनको शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको राजनीतिक सल्लाहकार निकाय ‘चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन’(सीपीपीसीसी)को राष्ट्रिय कमिटी सदस्य एवं चिनियाँ बुद्धिस्ट संघका उपाध्यक्ष तथा शनचन होङफा र नानसान मन्दिरका मठाधीश यिन शुनले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।

उक्त अवसरमा शुभकामना आदान प्रदानपश्चात् नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, जनस्तरबीचको सम्बन्ध, द्विपक्षीय भ्रमण र सहयोगलगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको जनाइएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको सौहार्दपूर्ण सम्बन्ध हालैका वर्षहरूमा अझ व्यापक र घनिष्ठ बन्दै गएको बताए ।

‘सन् १९५५ मा स्थापित कूटनीतिक सम्बन्धले आगामी वर्ष सन् २०२५ मा ७०औँ वर्ष पूरा गर्न लागेकोमा म अत्यन्तै हर्षित छु’, उनले भने, ‘हाम्रो मित्रवत् सम्बन्ध आपसी सद्भाव, मित्रता, पारस्परिक लाभमा आधारित छ ।’

उपराष्ट्रपति यादवले नेपाल र चीनबीच जनस्तरमा अत्यन्त सुमधुर सम्बन्ध रहिआएको बताए ।

‘चौथो शताब्दीदेखि नै हाम्रा दुई देशबीच सामाजिक, सांस्कृतिक सम्पर्क रहिआएको, चिनियाँ भिक्षु फा सियान र हु यान साङ तथा नेपाली भिक्षु बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले हाम्रो जनस्तरको सांस्कृतिक सम्बन्धलाई समृद्ध बनाउन पु¥याएको योगदानलाई म स्मरण गर्न चाहन्छु’, उनले भने, ‘नेपाल(चीन सम्बन्धले दुवै देशका नागरिकहरूको विकास, समृद्धि र दिगो शान्ति प्राप्तिको साझा आकांक्षा पूरा गर्न महत्त्वपूर्ण आधारशीला प्रदान गरेको छ ।’

उपराष्ट्रपति यादवले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको बताए । पछिल्ला वर्षहरूमा नेपाल र चीनबीच संस्कृति, पर्यटन, नागरिक उड्डयन, शिक्षा, स्वास्थ्य, ऊर्जा, पूर्वाधार निर्माण, ‘कनेक्टिभिटी’, सूचना प्रविधिको विकासलगायत विकासका बहुआयामिक क्षेत्रहरूमा गहन रूपमा आपसी सहयोग एवं सहकार्य भइरहेकोमा म खुसी व्यक्त गर्न चाहन्छु’, उनले भने, ‘नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा चीनले नेपालको आर्थिक विकास र उन्नतिका लागि थप सहयोग विस्तार गर्नेछ भन्नेमा म विश्वस्त छु ।’

उपराष्ट्रपति यादवले नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै आएको र आगामी दिनमा पनि दुई देश र जनताको पारस्परिक हितका लागि निरन्तर सहकार्य हुँदै जानेमा विश्वास व्यक्त गर्दै शुनको नेपाल भ्रमण सफल र बसाई सुखद रहोस् भन्ने कामना गरे ।

सीपीपीसीसीका राष्ट्रिय कमिटी सदस्य एवं चिनियाँ बुद्धिस्ट संघका उपाध्यक्ष तथा शनचन होङफा र नानसान मन्दिरका मठाधीश यिन शुनले प्रत्येक चिनियाँ भिक्षुहरुले लुम्बिनीलाई आफ्नो हृदयमा राखेको उल्लेख गर्दै यो पवित्र भूमिप्रति आफूसहित सम्पूर्ण चिनियाँ नागरिकको ठूलो आस्था रहेको बताए ।

‘प्रत्येक वर्ष ७० हजार चिनियाँ नागरिकले लुम्बिनी भ्रमण गर्दछन् । लुम्बिनी विश्वविद्यालयलाई चिनियाँ वेबसाइटमा समेत सूचीकृत गरिएको छ’, उनले भने, ‘चिनियाँ मन्दिरले लुम्बिनी विश्वविद्यालयका विद्यार्थीलाई चीनमा पढ्न जान व्यवस्थापन गर्दै आएको छ ।’

उनले नेपाल पवित्र भूमि विश्वका सम्पूर्ण बौद्धमार्गीको मन र हृदयमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस