काठमाडौँ । फ्रान्सले राष्ट्रपति इम्मानुयल म्याक्रोँका विश्वासपात्र ७३ वर्षीय फ्रास्वाँ बायरोलाई नयाँ प्रधानमन्त्रीका रुपमा पाएको छ ।
मध्यपन्थी उदारवादी विचार राख्ने बायरो केही समयअघि फ्रान्सका शिक्षामन्त्री थिए । फ्रान्समा राजनीतिक तनाव बढ्दै जाँदा प्रधानमन्त्री फेरिइरहेका छन् । यसै अस्थिरताको क्रममा आएका बायरो चौथो प्रधानमन्त्री हुन् ।
यसअघिका प्रधानमन्त्री मिशेल बार्नियर अघिल्लो साता राजीनामा दिन बाध्य भएका थिए ।