३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृत अख्तियारमै घुस बोकेर पुगेपछि…

अ+ अ-

काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमै घुस बोकेर पुगेपछि पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा अनुसन्धान अधिकृतको कार्यालयबाटै प्रमुख प्रशासकीय अधिकृत सापकोटालाई एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको हो। आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार, सापकोटाले मुद्दा मिलाइदिन भन्दै आयोगको कार्यालयमा घुस रकम लिएर पुगेका थिए।

अनुसन्धानका क्रममा आवश्यक कागजात बुझाउन गएका सापकोटा कार्यालयमा एक लाख रुपैयाँ घुस रकम बोकेर पुगेपछि पक्राउ परेका हुन्।

अनुसन्धान अधिकृतको कार्यकक्षमा उजुरीसँग सम्बन्धित कागजात बुझाउन आएका प्रमुख प्रशासकीय अधिकृत सापकोटाको झोलाबाट ३१ थान कागजात र १ लाख रुपैयाँ(रु. १,००० दरका ९६ नोट र रु. ५०० दरका ८ नोट) फेला परेको आयोगले जनाएको छ ।  सोधपुछमा उनले ‘मुद्दा मिलाइदिन तपाईँको लागि स्वेच्छाले ल्याएको हो’ भनी स्वीकार गरेको छन्।

प्रवक्ता घिमिरेले दिएको जानकारीअनुसार, सापकोटाले अनुसन्धान अधिकृतलाई स्वेच्छाले नै घुस रकम ल्याएको जवाफ दिएका छन्। सोही बयानका आधारमा उनलाई शुक्रबार पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको छ।

सापकोटा अछामको मेल्लेख गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत हुँदा मेसिनरी सामान खरिदसम्बन्धी उजुरी परेको थियो। आयोगले उजुरीका आधारमा अनुसन्धान सुरु गरेको छ र सोही अनुसन्धानको कागजात पेश गर्न सापकोटा कञ्चनपुर पुगेका थिए।

यो घटनाले प्रमुख प्रशासकीय अधिकृतजस्तो पदमा रहेका व्यक्तिले आफैँ अनुसन्धानरत अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मै घुस लिई जानु सुशासनप्रतिको गम्भीर चुनौतीका रूपमा हेरिएको छ।

यो घटना केवल एक व्यक्तिको व्यवहार मात्र नभई सार्वजनिक पदमा रहेका कर्मचारीहरूले देखाउने गैरजिम्मेवारीपनको स्पष्ट उदाहरणसमेत बनेको छ भने कुन हदसम्म कर्मचारी पुग्दै छन् भन्नेसमेत दर्साएको छ । अख्तियारजस्तो संस्थामा समेत घुस चलखेलको घटनाले सुशासनप्रतिको प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया दिनुहोस